काठमाडौँ, १२ जेठ । रसुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प मंगलबार राति भूकम्प गएपछि सदरमुकाम धुन्चेमा त्रास फैलिएको छ ।
मंगलबार राति १० बजेर ५२ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएपछि सदरमुकाम थुन्चेस्थित जिल्ला प्रहरी कार्यालय रसुवामा केहीबेर भागाभागको अवस्था सिर्जना भयो ।
‘अरु पनि भागे होलान्, हामी पनि भाग्यौँ, भूकम्प आउँदा हामी तीन तला माथि थियौँ ।,’ रसुवा प्रहरीको संचार शाखामा कार्यरत हबल्दार प्रकाश थापाले दैनिक नेपालसँग टेलिफोनमा भने, ‘ जमीन नराम्रोसँग हल्लियो । तर, अहिलेसम्म क्षतिको कुनै खबर आएको छैन ।’ एक महिना अघिको भूकम्पका कारण सर्वसाधारणहरु अहिलेसम्म पनि पालमा बस्दै आएको उनले बताए ।
रसुवामा हावाहुरीसँगै बिजुली चम्किरहेका बेला भूकम्प गएका कारण सर्वसाधारणलाई त्रास थपिदिएको छ । सुत्ने तरखरमा रहेको बेला भूकम्प गएपछि काठमाडौँका सर्वसाधारणहरु पनि सडकमा निस्केका छन् । रसुवालाई केन्द्रबिन्दु बनाएर गएको ५ रेक्टरको यो भूकम्प मंगलबारको सबैभन्दा ठूलो हो । यसअघि मंगलबार चार रेक्टरका मात्र भूकम्प आएका थिए ।













प्रतिक्रिया