५ कार्तिक २०८३, बिहिबार

१ घण्टा नबित्दै दोलखामा फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, १२ जेठ । विनाशकारी भूकम्प गएको महिनादिन वित्दा पनि भूकम्प आउने क्रम रोकिएको छैन् । आज मात्रै दोलखामा ३ वटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो धक्का ५ बजेर ३९ मिनेटमा गएको छ । दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि ५ बजेर ४८ मिनेटमा ४.१ रेक्टर स्केलकै भूकम्प गएको थियो ।

अघिल्लो भूकम्प गएको १ घण्टा नबित्दै दोलखामा फेरि अर्काे धक्का महसुस भएको हो । यसअघि पहिलो भूकम्प २ बजेर ११ मिनेटमा दोलखामै ४.३ रेक्टर स्केलमा कम्पन भएको थियो ।