५ कार्तिक २०८३, बिहिबार

‘राष्ट्रिय सरकार आए भूकम्प पनि भाग्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1काठमाडौँ, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पले मुलुकमा ल्याएको विपत्तीलाई सामना गर्न सबैदलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भूकम्पपीडितलाई उद्धार तथा राहत वितरणमा सरकारले सशक्त भूमिका खेल्न नसकेकाले अन्तर्राष्ट्रिय समुदायबाट सरकारप्रति विश्वास घटेको बताउनुभयो ।

उहाँले भूकम्प प्रभावित क्षेत्रमा जनतालाई पुनःस्थापना तथा भत्किएका संरचना पुनः निर्माण गर्न बलियो सरकार गठन गर्न खाँचौ औँल्याउदै त्यसका लागि सबैको सहभागितामा सरकार स्थापना गर्नुपर्ने बताउनुभयो । ‘अहिले देशमा राष्ट्रिय सरकारको खाँचो छ, भूकम्प जस्तो विपत्तिलाई पाखा लगाउन राष्ट्रिय सरकारको आवश्यकता छ ।’