काठमाडौं, १२ जेठ । विनाशकारी भूकम्प गएको १ महिना पुगेको दिन अर्थात जेठ १२ गते नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार नेपालको दोलखामा अर्काे भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको जनाएको छ ।
यसअघि सोमबार राति १० बजेर १६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएरै ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो । दोलखा आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
















प्रतिक्रिया