काठमाडौं, १२ जेठ । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले प्राकृतिक विपद्को पूर्व तयारी तथा व्यवस्थापन गर्न नसक्दा देशमा ठूलो जनधनको क्षति हुन पुगेको बताउनुभएको छ ।
भक्तपुर युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष भण्डारीले ‘भूकम्प र मृत्यु दुवै अपरिकल्पनीय घटना हुन् । भूकम्प र मृत्यु उही हो’ भन्नुभयो ।
‘भूकम्प जान सक्छ भनेर पूर्व व्यवस्थापन र तयारी गर्न सकेनौँ । प्राकृति विपद्को व्यवस्थापनमा राज्यका संयन्त्र कमजोर रहेछन् । यसले हामीलाई भविष्यका लागि पाठ सिकायो ।’ उपाध्यक्ष भण्डारीले भन्नुभयो ।
उहाँले पूर्नवास बर्खायाम अघिनै सम्पन्न गरिसक्नुपर्ने बताउदैँ–‘सूरक्षित स्थानमा स्थानान्तरण गर्न सक्यौ भने मात्र बर्खायाममा हुने थप क्षतिबाट जोगिन सक्छौ’ भन्नुभयो ।















प्रतिक्रिया