५ कार्तिक २०८३, बिहिबार

नेपालीका घर-घरमा पुगेर लुट्दै भारतीय व्यापारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lootera– अर्जुन सिंह
महेन्द्रनगर, १२ जेठ । कञ्चनपुरको झलारीमा घर–घरमा पुगेर कपडा बेचिरहेका आठ जना भारतीय व्यापारीहरु पक्राउ परेका छन् ।

कपडा खरीद गरिरहेका झलारीका केही स्थानियहरुले कपडा विक्रिमा विशेष अफर भन्दै ठगी गरेको अवस्थामा प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय झलारीले ठगी गर्ने भारतीय व्यापारीहरु लाई होटल भ्यूटपबाट पक्राउ गरी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

कपडा विक्रि गर्दै आएका भारतीयहरुले सुपर धमाका सेल भन्दै २६० मा पाईने पाईन्ट, सर्टलाई स्क्रेच कुपन राखी विभिन्न उपहार छ भनि एक हजारमा विक्रि गर्दै आएका थिए ।

यसरी गाउँ गाउँमा गएर विभिन्न उपहारका नक्कली कुपन देखाउँदै नेपालगञ्जवाट विक्री गर्दै झलारी सम्म आएको वताएईको छ । भारतको उत्तर प्रदेशका बासिन्दा बताउने विशाल, रविन्द्र भट्ट, राम समारे चौहान, रामस्वरुप, राकेश सोनी, कनैया शर्मा, राम सजिवनी र मैवुव आलमलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अभिनारायण काफ्लेले अनुसार पीडितहरुले उजुरी गरे थप कारबाही गर्ने बताएका छन् । उनीहरुले चर्को मुल्य असुलेको र ठगी गरेकाले आवश्यक कार्वाही गरिने डिएसपी काफ्लेले जानकारी दिए ।