– रबिना बोहरा
बागलुङ, ११ जेठ । महिला तथा बालबालिका कार्यालय बागलुङले जिल्लामा अहिले सम्म ३ हजार बढी व्यक्तिहरुलाई अपाङगता परिचय पत्र वितरण गरेको छ ।
महिला तथा बालबालिका कार्यालय बागलुङका अनुसार जिल्लामा ३ हजार २ सय ७० जना व्यक्तिहरुलाई अपाङगता परिचय पत्र वितरण गरिएको हो । यस्तै सोमबार तित्याङ गाविसमा ४४ जना र सिगाना गाविसमा १८ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको छ । गाविस स्तरीय अपाङगता सञ्जाल तित्याङ र सिगानाको आयोजनामा अपाङगता भएका व्यक्तिहरुका लागी उक्त शिविरको आयोजना गरिएको हो ।
सिगाना र तित्याङ गाविसका ६२ जनालाई नेपाल सरकारको निर्देशिका अनुसार ‘क’ बर्गमा ६ जना, ‘ख’ बर्गमा २४ जना, ‘ग’ वर्गमा २२ जना र ‘घ’ वर्गमा १० जनालाई परिचय पत्र वितरण गरिएको महिला विकास अधिकृत कमला पौडेलले बताउनुभयो । शिविरमा बोल्दै अपाङगता सरोकार संघ बागलुङका चुणाबहादुर कुवरले अपाङगता भएका व्यक्तिहरुलाई सहज वातावरण सिर्जना गर्नका लागी परिचय पत्र दिनु नै पहिलो आधार भएको बताउनुभयो ।
कार्यक्रममा महिला विकास निरीक्षक रचना आचार्य र बागलुङ अपाङगता सरोकार संघ बागलुङका कोषाध्यक्ष धर्मराज आचार्यले बोल्नुभएको थियो । कार्यालयका अनुसार ६ गाविसमा समुदायमा आधारीत पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको छ ।
















प्रतिक्रिया