पर्सा, ११ जेठ । पर्सामा घरआँगनमा खेलिरहेकी बालिकालाई मन्दिरमा आँप खुवाएर एक पूजारीले बलात्कार गरेका छन् ।
आइतबार वीरगन्जको अलौं सिर्सियामा रहेको राम जानकी मन्दिरका पूजारी ४५ वर्षीय भगत मालीले ६ वर्षीया बालिकालाई आँप खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारपछि भागेर घर पुगेकी बालिकाले पूजारीले गरेका सबै दुव्र्यवहार आमालाई बताईएकी थिईन् । पूजारीले बलात्कार गरेको परिवारले थाहा पाएपछि गाउँले लगेर कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरबहादुर ओलीले पीडित परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले पूजारी मालीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
‘पक्राउ गरेर अनुसन्धान थालेका छौं, प्रारम्भिक अनुसन्धान बलात्कार गरेको भनी स्वीकारेका छन्,’ डिएसपी ओलीले भन्नुभयो ।
प्रहरीका अनुसार पूजारी माली, बाराको बड्की फुलवरिया–६ का बासिन्दा हुन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणमा पनि बलात्कार भएको देखिएको उहाँले बताउनुभयो । पूजारीलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया