५ कार्तिक २०८३, बिहिबार

चौध दिनदेखि पहिरोमा पुरिएका वृद्धको शव निकालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paheroचरीकोट (दोलखा), ११ जेठ । दोलखामा १४ दिनदेखि पहिरोमा पुरिएरका एक वृद्धको शव आज उत्खनन गरिएको छ ।

गत वैशाख २९ गतेको पराकम्पनपछि आएको पहिरोमा पुरिएका सुरी गाविस–२ का ७३ वर्षीय चेतबहादुर गुरुङको शव उत्खनन गरिएको हो । गाईबस्तु चराउन गएका गुरुङको शव सुरी गाविसको खहरे भिरबाट नेपाली सेनाको टोलीले उत्खनन गरेको चरीकोटस्थित बर्दबहादुर गणका सेनानी रोशन पन्तले जानकारी दिनुभयो ।

“शव प्रहरीमार्फत परिवारलाई हस्तान्तरण गरेका छौँ” – उहाँले भन्नुभयो । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । रासस