५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितको घरघरमा पुगे एमाले अध्यक्ष ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौंँ, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भूकम्प प्रभावित दोलखा र रामेछापको अवस्था बुझ्न त्यहाँ पुग्नुभएको छ ।

अध्यक्ष ओलीले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि धेरै पराकम्पन आउने जिल्ला दोलखाको सदरमुकाम चरिकोट पुगी त्यहाँस्थित प्रशासन, सुरक्षा निकाय र विभिन्न पार्टीका प्रतिनिधिसँग राहत र पुनःस्थापनालगायतका विषयमा छलफल गर्नुभएको छ ।

अध्यक्ष ओलीले दुबै जिल्लाका भूकम्प पीडितका घर-घरमा पुग्नुभई पीडितलाई सन्तवना समेत दिनुभएको छ ।

अध्यक्ष ओलीसँगै रहनुभएका पार्टीका युवा नेता कैलाश ढुङ्गेलका अनुसार अध्यक्ष ओलीले जिल्लाको पहिरो प्रभावित क्षेत्रको पनि हवाई अवलोकन गर्नुभएको छ । ओली आजै रामेछाप पुगी फर्कनुहुनेछ ।