काठमाडौँ, १० जेठ । राजधानीमा जुवा तास खेल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–३५ जडीबुटी स्थित सिन्धुपाल्चोक भोजनालयमा जुवा तास खेल्ने भक्तपुर चौखेल– ३ घर हुने ३२ बर्षीय विनोद दुलाल, ओखलढुंगा सिस्नेरी घर हुने ३६ बर्षीय बुद्धिमान राई सहित ३ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।
उनीहरुबाट नगद ३ लाख ९८ हजार ५० रुपैयाँ तथा १ बुक तास समेत बरामद गरिएको छ । घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया