५ कार्तिक २०८३, बिहिबार

कालीगण्डकी थुनिएपछि पाल्पाका १२ गाविस उच्च जोखिममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beni-bazar– सुशिल नेपाल 

पाल्पा १० जेठ । पहिरोले म्याग्दीमा थुनिएको कालीगण्डकीको जलाशय फुट्ने त्रासमा पाल्पामा सतर्कता अपनाउन थालिएको छ ।

कालीगण्डकी नदी फुट्दा पाल्पाका रामपुर नगरपालिका सहित ख्याहा, अर्गली, बौघागुम्हा, खानिगाउँ, हुँगी, हेक्लाङ, बाकामलाङ लगायत नदी किनाराका १२ गाविसहरु जोखिममा छन् ।

अहिले जिल्लाका नदी किनारका बासिन्दालाई सर्तक रहन आग्रह गर्दै बिभिन्न स्थानका नदी किनारमा सुरक्षाकर्मी समेत परिचालन गरिएको पाल्पाका प्रहरी नायव उपरिक्षक सुमनकुमार तिमिल्सिनाले बताए ।

उनका अनुसार नदी किनाराका परिवारलाई रातमा घरमा नबस्न समेत आग्रह गरिएको छ । जिल्लाका प्राय नदी किनाराका मानिसहरु घर छोडेर सुरक्षित ठाउँ वा आफन्तको घर गइसकेका छन् ।