५ कार्तिक २०८३, बिहिबार

नारायणीमा बाढी आउने भन्दै चितवनमा उच्च सतर्कता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kali-gandaki2– सन्दिप भट्ट
चितवन, १० जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायण्ँी नदी किनारका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । पहिरोले कालीगण्डकी नदी थुनिएपछि नारायण्ँी नदीमा बाढी आउन सक्ने भएकाले चितवनको नारायणी नदी किनारमा बस्ने स्थानियलाइ सर्तकता अपनाउन आग्रह गरेको हो ।

‘कालीगण्डकी देवघाटमा आई नारायणी नदीमा मिसिने हुँदा थुनिएको नदी जुनसुकै बेला पनि फूट्न सक्ने भएकोले नारायणी नदीको सतह वढन गई मानवीय क्षति समेत हुन सक्ने भएकोले नारायणी नदीको तटिय क्षेत्रका समुदायहरु सतर्क रहनुहोला ।’ जिल्ला दैवि प्रकोप उद्धार समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

समितिले नदीको छेउछाउमा नुहाउन, कपडा धुन, डुंगा चलाउन, घुमफीर गर्न, दाउरा घाँस लिन लगायतका कार्य नगर्न नगराउनका लागि अनुरोध गरेको छ । कार्यालयले जारी गरेको विज्ञप्तीमा स्थानीयस्तरको विपद् व्यवस्थापन समितिहरु तैयारी अवस्थामा रहेको भन्दै संचार माध्यमहरुले सर्वसाधारणलाई निरन्तर जानकारी दिई आग्रह गरेको छ ।

यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विकेले सम्भावित घटनालाई मध्यनजर गरि उच्च सर्तकता अपनाइएको बताए । डा.विकेले नारायणी नदी छेउछाउमा बस्ती भएका स्थानमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरि सकेको जानकारी दिए ।

उता गृहको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि सार्वजनिक सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन नदी किनारका नागरिकहरुलाई अपिल गरिएको छ । जिल्ला दैविकप्रकोप उद्धार समिति चितवनले कुनै कुरा खबर गर्नु परे नजिकको सुरक्षा इकाई वा प्रहरी कन्ट्रोल (१००) वा जिल्ला आकस्मिक संचालन केन्द्र (५३२८३२) वा निशुल्क फो.नं. १६६० ५६२१००१ सम्पर्क गर्न समेत आग्रह गरेको छ ।