– अनिल खत्री
गुल्मी, १० जेठ । महाभूकम्प पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन नेकपा एमालेले पार्टीको तर्फबाट १० हजार स्वयंसेवकलाई औजारसहित प्रभावित क्षेत्रमा परिचालन गर्ने अन्तिम तयारी गरेको छ ।
भूकम्पबाट सृजित डरत्रासको सामाजिक मनोवविज्ञान समाप्त पारेर जनताको मनोबल उकास्ने गरी सेवा भावले परिचालित हुन एमालेले स्वयंसेवकहरुलाई कडाइका साथ निर्देशित गरेको छ ।
पूर्वघोषित कार्ययोजना अनुसार एमाले गुल्मीले पनि जिल्लाबाट २५ जनाको टोली प्रभावित क्षेत्र रसुवा पठाएको छ । जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण घिमिरेको नेतृत्वमा २५ सदस्य टोलीलाई आज पुर्व पार्टी अध्यक्ष बोम खड्का र कार्यबाह अध्यक्ष मधुकृष्ण पन्तले निर्माण औजारका साथ बिदाई गर्नुभएको छ । सोहि कार्यक्रममा बोल्दै प्रमुख व्यत्ति खड्का र पन्तले अरु जिल्लाका एमाले स्वयमसेवक भन्दा अनुसासित, इमान्दार एवं कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिनुभयो ।
टोलीमा सचिवालय सदस्य अम्मर सिंजापति, युवा संघका लुम्बिनी अञ्चल इन्चार्ज हिमाल श्रेष्ट, प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिव सुवेदी, अनेरास्वबियु गुल्मीका संयोजक राजेन्द्र बिक्रम कुवंर, जिफन्टका प्रतिनीधि लगायतको सहभागिता रहेको छ । अतिप्रभावित १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा एमालेले स्वयंसेवक परिचालन गर्दै छ । १० जेठबाट एक महिना सम्म एमालेका स्वयंसेवकले ५१ निर्वाचन क्षेत्रका सबैभन्दा बढी प्रभावित एक गाविसमा अस्थायी घरटहरा निर्माण गर्नेछन् । त्यसले आपसका गाविसका जनतालाई नयाँ खाले रक्तसञ्चार सहित घर निर्माणमा जागृत र उत्प्रेरित गर्ने एमालेको भनाइ छ ।
अभियानका संयोजक गोकर्ण विष्टले अभियानले जनतामा डरत्रासको मनोविज्ञान हटाएर नयाँ ढंगले जागरण पैदा गर्न सहयोग पु¥याउने बताउनुभयो । कम्तीमा दुई बर्षसम्म टिकाउ हुने अस्थायी घर निर्माण टोलीको पहिलो, विद्यालय सञ्चालनका लागि अस्थायी संरचना निर्माण दास्रो, खानेपानीको मुहान, पाइपहरुको मर्मत लगायत प्राथमिक बिषय रहेको जानकारी दिनुभयो ।















प्रतिक्रिया