– अनिल खत्री
गुल्मी, १० जेठ । म्याग्दीको भगवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिँदा गुल्मी जिल्लाका नदी किनारमा रहेका बस्तीका बासिन्दा त्रसित बनेका छन् । गुल्मी जिल्लाको पुर्तिघाट, हर्मिचौर, अर्वेनी, ठूलो लुम्पेक, अश्लेवा, भुर्तुङ्ग, रुद्राबेनी र रिडी लगायतका स्थानका बासिन्दाहरु त्रसित बनेका हुन् ।
ती गाबिसका नदी बिनारमा रहेका बस्तीलाई बिहानै देखि सचेत गराउदै सुक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।
पहिरोले थुनिएको कालीगण्डकी नदीले जोखिमयुक्त हुनाले प्रहरीले नदी किनारदेखि ५ सय मिटर वरी परि पर्ने बस्तीलाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । कालीगण्डकी नदीको किनारमा जिल्लाको क्षेत्र नं. १ को पुर्तिघाट बजार रहेको छ । स्थानीयले नदी छेउछाउमा रहेका पुर्तिघाट बजार बन्द गरेका छन् भने गुल्मीको प्रबेशद्धारको रुपमा रहेको रिडी बजारको नदी छेउछाउका बस्ती सुरक्षित स्थानका सारिएको छ ।
रिडीबाट गुल्मी क्षेत्र नं. १ र २ का बिभिन्न ठाउमा जाने सवारीका साधनहरु पनि बन्द गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । नदी थुनियर पानीको वहाव घटेसँगै उच्च जोखिम रहेको भन्दै उद्धारको नेपाल प्रहरी त्यस स्थान तर्फ लागेको प्रहरी प्रमुख श्रेष्ठले बताए । नदी थुनिँदा पाल्पा जिल्लाका एक दर्जन गाविसहरु पनि जोखिममा रहेका छन् ।















प्रतिक्रिया