ओखलढुंगा, १० जेठ । ओखलढुङ्गाको पातले ९ मा चट्याङले लागेर महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
शनिबार साँझ सबा ७ बजे परेको चट्याङले लागेर स्थानिय ३० बर्षिया देबि लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । यस्तै चट्याङले लागेर सोही ठाउँका २२ बर्षिया सम्झना बस्नेत गम्भीर घाइते भएकी छन् ।
उनको मिसन अस्पताल ओखलढुङ्गामा उपचार भईरहेको छ । सोहि समयमा परेको चट्याङले लागेर स्थानिय २८ बर्षिय कुमार लामिछाने, २५ बर्षिया प्रमिला लामिछाने, ३६ बर्षिय केशर सिंह कार्की र ३६ बर्षिय डम्बर खत्री पनि सामान्य घाइते भएका छन् ।















प्रतिक्रिया