सुरुङ्गा (झापा) १० जेठ । बलात्कारको अभियोगमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द भारद्वाज सुवेदीे कनकाई नगरपालिका – ४ बाट पक्राउ परेका छन् ।
माईधामस्थित श्री कृष्णप्रणामी मन्दिरमा आश्रित १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा आज पक्राउ गरिएको हो ।
धर्मगुरुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी किशोरीले गरेपछि अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया