५ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्षमा बराल र राई भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleमोरङ, १० जेठ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको कर्मथलो गाउँ मोरङको इटहरामा यतिबेला नवौ अधिबेशनको माहोल तातिएको छ । एमालेको स्थापना भुमिको रुपमा चिनिने इटहरामा गाउँ कमिटिको अध्यक्षका लागि बर्तमान अध्यक्ष शान्तिराम बराल र देबेन्द्र राईबिच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार भएको नवौ गाउँ अधिबेशनमा अन्य पदमा सर्वसम्मत चयन भएपनि अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि आईतबार निर्वाचन हुने भएको हो । इटहरा ७ स्थित सरस्वती उच्च माबिको सभाहलमा भएको अधिबेशनमा शनिबार साँझ सम्म सर्वसम्मतको प्रयाश गरिएको थियो । अधिबेशनले नयाँ २१ सदस्यिय गाउँ कमिटि निर्वाचित गर्नेछ ।

अधिबेशनको शनिबार एमालेका केन्द्रिय सदस्य तथा कोशी अञ्चल संयोजक जिवन घिमिरेले उद्घाटन गर्नुभएको थियो । अधिबेशनमा केन्द्रिय सदस्य घिमिरे, केन्द्रिय लेखा आयोगकी सदस्य मालती सुब्बा, मोरङ जिल्ला अध्यक्ष महेश रेग्मी , सचिव तथा मोरङ क्षेत्र नम्बर १ का सभाषद् ऋषिकेश पोख्रेल लगायतले बोल्नु भएको थियो ।

अधिबेशनमा अध्यक्ष शान्तिराम बरालले राजनैतिक, सचिव टंक ढकालले सांगठनिक प्रतिबेदन, सहसचिव देवेन्द्र राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।