धादिङ, ९ जेठ । धादिङ जिल्लाको बैरेनी गाउँ विकास समितिमा दुई छोरीलाई बिष खुवाएर आमाले आफ्नो ज्यान समेत लिएकी छिन् ।
बैरनी गाविस–७ बेलटारकी २२ वर्षीया चन्द्रीका विकले आफ्ना दुई छोरीलाई बिष खुवाएर आत्महत्या गरेकी हुन् । सागसब्जीमा प्रयोग हुने विष सेवनबाट चाँदनी र उनकी एक छोरीको मृत्यु भएको तथा गम्भीर रहेकी अर्कीलाई उपचारका निम्ति काठमाडौँ पठाइएको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
चन्द्रीकाका श्रीमानलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ ।















प्रतिक्रिया