काठमाडौँ, ९ जेठ । सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर शनिबार राति फेरि भूकम्प गएको छ ।
आज राति १० बजेर २२ मिनेटमा सिन्धुपाल्चोक जिल्लाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरको भूकम्प गएको हो । काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि काठमाडौँका बासिन्दा घरबाहिर निस्केका छन् ।
केही दिन यता जीवन सामान्यकरण बन्दै गएपनि शनिबार रातिको भूकम्पले फेरि त्रास फैलाइदिएको छ । नेपालमा १० घण्टापछि यो भूकम्पको पराकम्पन आएको हो । यसअघि दिउँसो १ बजेर १४ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरको भूकम्प गएको थियो ।
यो पनि पढ्नुहोस् :
काठमाडौँमा हुरीपछि रुखले किचेर एकको मृत्यु, बिमानस्थल केहीबेर अबरुद्ध, पोखरामा पनि तनाव
















प्रतिक्रिया