विराटनगर, ९ जेठ । भूकम्पका कारण चर्किएका घर भत्किएर पूर्वाञ्चलमा दुई जनाको मृत्यु भएको छ ।
ओखलढुङ्गा जिल्लाको नर्मदेश्वर–८ मा क्षतिग्रस्त घरको निदालले किचेर ७२ वर्षीय रत्नबहादुर जोगीको शुक्रबार मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घरको सामान झिक्ने क्रममा उहाँलाई निदालले किचेको थियो ।
त्यस्तै, खोटाङ जिल्लाको चिउँरीडाँडा–८ मा चर्किएको घरको ढुङ्गा खस्दा ५६ वर्षीया चुडामाया राईको मृत्यु भएको हो । घरनजिक बसिरहेको अवस्थामा उहाँको जीउमाथि ढुङ्गा खसेको थियो ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुमा परी पूर्वाञ्चलमा अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । रासस















प्रतिक्रिया