
काठमाडौँ, ८ जेठ । भूकम्पपीडितहरूको सहायतार्थ बङ्गलादेशले आज २७ हजार १३८ थान कम्बल र तीन हजार ९०० थान त्रिपाल उपलब्ध गराएको छ ।
मानवीय सहायताका ती सामग्री बङ्गलाबन्ध–फूलबारी–पानीट्याङ्की हुँदै आज अपराह्न काकडभिट्टा पु¥याइएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
बङ्गालादेशको केन्द्रीय बैंकले ती सामग्री प्रदान गरेको हो । भूकम्पपीडितलाई सहयोग गर्न उक्त दूतावासले स्थापना गरेको विशेष राहत कोषमा नगद सहयोग प्राप्त हुने क्रम पनि जारी छ ।
उक्त दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार हिजोसम्ममा उक्त कोषमा एक करोड १७ लाख ९७ हजार ३१७ टाका सङ्कलन भएको छ । रासस















प्रतिक्रिया