५ कार्तिक २०८३, बिहिबार

एमाले बाँके अब सामाजिक सन्जालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale

नेपालगन्ज, ७ जेठ । नेकपा एमाले बाँकेको प्रचारप्रसारका लागि फेसबुक, ट्वीटर र व्यबसाईड जस्ता अत्याधुनिक सूचना प्रबिधिका माध्यमलाई प्रयोग गरिने भएको छ ।

हालै सर्बसम्मत चयन भएका एमाले बा“केका प्रचार बिभाग प्रमुख किस्मत कुमार कक्षपतिले आफ्नो पार्टी अब सूचना प्रबिधिलाई भरपुररुपमा प्रयोग गर्ने जानकारी दिए ।

प्रेस चौतारी बा“केले शुक्रबार नेपालगन्जमा उनको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा कक्षपतिले भने,–‘अब एमाले बाँकेलाई सामाजिक सन्जालमा जोड्छौं । छुट्टै व्यबसाईड निर्माण गरेर पार्टीका हरेक तहका गतिबिधि समेट्छौ ।’

आम नागरिकसंग पार्टीलाई जोड्नका लागि सूचना प्रबिधिको उपयोगिता अनिबार्य रहेको कक्षपतिले बताए । उनले पार्टी जिल्ला कमिटिको मुखपत्र बिगुललाई नियमित रुपमा प्रकाशन गर्न लागिएको पनि बताए ।

सोही कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र काफ्लेले पत्रकारहरुको मर्यादातालाई सम्मान गर्दै प्रचार बिभागले बिगतमा समन्वय गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि त्यसलाई दोहोर्‍याउनुपर्ने सुझाब दिए ।

सो अबसरमा निर्बतमान प्रचार बिभाग प्रमुख प्रमोद धिताललाई प्रचार बिभागमा रहंदा प्रेस चौतारीसंग गरिएको समन्यवयका लागि धन्यबाद ज्ञापन गरिएको थियो । उक्त अबसरमा हालै चयन भएका प्रचार बिभाग प्रमुख कक्षपतिलाई केन्द्रिय उपाध्यक्ष काफ्लेले अबिर र दोसल्ला ओढाई स्वागत गरेका थिए ।

यस्तै निर्बतमान प्रचार बिभाग प्रमुख प्रमोद धिताललाई चौतारी बाँकेका अध्यक्ष भेषराज बस्नेतले दोसल्ला ओढाएका थिए । उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष बस्नेतले गरेका थिए भने सन्चालन सह–सचिब कमल डाँगीले गरेका थिए ।