काठमाडौं, ८ जेठ । दोलखामा भर्खरै अर्काे भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ४४ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि ५ बजेर ३० मिनेटमा दोलखामा ४.१ रेक्टर स्केलकै भूकम्पको धक्का महसुस भएको थियो । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार मात्रै पाँच वटा भूकम्प गएका छन् ।
धादिङ र नुवाकोटमा दुई पटक दोलखामा दुई पटक र सिन्धुपाल्चोकमा एक पटक गरी पाँच पटक भूकम्प गएको केन्द्रले जनाएको छ ।
















प्रतिक्रिया