काठमाडौँ, ८ जेठ । नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थी र यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री डा रामशरण महतसँग शुक्रबार भएको भेटमा राजदूतद्वयले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभको अर्थ मन्त्रालयले जनाएको छ ।
निकट भविष्यमा यहाँ हुन लागेको नेपाल सहायता सम्मेलन, पुनः स्थापना एवम् पुनर्निर्माणमा साउदी अरेबिया र युरोपेली सङ्घ सहयोगबारे पनि छलफल भएको थियो ।
राजदूत हारथीले साउदी सरकार नेपालले चाहेअनुसारको सहायता उपलब्ध गराउन तयार रहेको तथा अनुदान सहयोगका लागि आफूले आफ्नो सरकारसँग अनुरोध जानकारी अर्थमन्त्रीलाई गराउनुभयो ।
त्यसैगरी राजदूत टिरिङले नेपाललाई सहयोग गर्न युरोपेली मुलुक तयार रहेका जानकारी दिदै नेपाल सहायता सम्मेलन तथा युरोपेली सङ्घले गर्नुपर्ने सहयोगबारे जिज्ञासा राख्नुभयो ।
अर्थमन्त्रीले भूकम्पबाट तहसनहस भएका भौतिक संरचन एवम् पूर्वाधारको पुनः निर्माण एवम् नवनिर्माणका लागि भारी रकम आवश्यक परेको बताउँदै दातृ निकाय एवम् नेपालका विकासका साझेदारबाट ऋणभन्दा पनि अनुदान सहायता खोजेको पनि स्पष्ट पार्नुभयो । रासस
















प्रतिक्रिया