५ कार्तिक २०८३, बिहिबार

महाभूकम्पले क्याम्पसमा करौडौंको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbani-campus (1) भैरहवा, ८ जेठ । महाभूकम्पका कारण पश्चिम क्षेत्रकै ठुलो पुस्तकालयमा क्षति पुगेको छ । भैरहवा बहुमुखी क्याम्पस परिसरमा रहेको पुस्तकालय भवन अहिले चिराचिरा परेको छ । जसको कारण पुस्ताकालयमा जान समेत खतरा भएको भन्दै क्याम्पस प्रशासनले सबैको ध्यानाकर्षण गराएकोछ ।

शुक्रबार क्याम्पस प्रमुख डा. घनश्याम न्यौपाने परिश्रमीले पत्रकारहरुलाई क्षतिग्रस्त भवनको अवलोकन गराउदैं भने “पश्चिम क्षेत्रकै ठुलो र पुरानो क्याम्पसको पुस्ताकालय अहिले ढल्ने अवस्थामा छ । यी अमूल्य हजारौं थान पुस्तक स्थानन्तरणको समस्या छ ।”

क्याम्पस परिसरमा पत्रकारहरुसंग कुरागर्दै प्रमुख न्यौपानेले यस विषयमा जिल्ला प्रशासन, जिल्ला प्राविधिक र शहरी भवन डिभिजन कार्यालयलाई जानकारी गराईसकेको बताए । भवन डिभिजनको प्राविधिक टोलीले शुक्रबार मात्रै अनुगमन गरि भवन भित्र बस्न अत्यन्तै जोखिम भएको बताएका थिए ।

Lumbani-campus (2)

इन्जिनियर घनश्याम यादवको नेतृत्वमा आएको टोलीले प्रारम्भिक रुपमा करिब १ करोड भन्दा माथिको भौतिक क्षति पुस्तकालयमा मात्रै भएको बताएको प्रमुख न्यौपानेले जनाए ।

पुस्तकालयमा करिब ६ हजार भन्दा बढी महत्वपुर्ण पुस्तकहरु रहेको पुस्तकालय प्रमुख लक्ष्मी शर्माले जनाईन् । प्रमुख शर्माले भनिन् “पुस्ताकालय नखोलौं भने पाठकहरु आउँछन् खोलौ भने डरै डर छ ।”

विक्रम सम्बत २०४४ सालका विद्यार्थीहरुको सहयोगबाट स्थापना भएको पुस्तकालयलाई भूकम्पले अत्यन्तै क्षति पुराउँदा क्याम्पस प्रशासन अत्यन्तै स्तब्ध भएको प्रशासन प्रमुख उपप्रशासक बुद्ध कुमार श्रेष्ठले जनाए ।

अन्य कक्षा कोठामा विद्यार्थीहरुको चाप भएको हुँदा तत्काल अन्यत्र पनि सार्न नसकिएको, हजारौ पुस्तकहरु त्रिपालमुनि लगेर राख्न नसकिने हुँदा समस्या निम्तिएको क्याम्पसका विद्यार्थी कल्याण प्रमुख केशब शर्मा बेल्बासेले जनाए ।

Lumbani-campus (3)पुस्ताकालय पुनर्निर्माणको लागि क्याम्पसले स्थानीय प्रशासन, संघसंस्था सबैलाई जानकारी र सहयोगको अपेक्षा सहित पत्र पठाई सकेको अधिकांश निकायमा क्याम्पस प्रमुख बारम्बार स्वयम गएर सहयोगको लागि अपिल गरेको सो अवसरमा बताईएको थियो ।

विक्रम सम्बत २०२५ भदौं ४ गते सिद्धार्थ कलेजको नाममा स्थापना भई पछि भैरहवा बहुमुखी क्याम्पसको रुपान्तरण भएको सो क्याम्पसमा हाल २ हजार विद्यार्थिहरुले पठनपाठन गर्ने गर्दछन् ।

क्याम्पसमा त्रिविका विविएस, विएसस्सी, विएड, विए, विविएम सहित मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्र्तगत ७ वटा विषयमा स्नातकोत्तर तहको पठनपाठन पनि हुने गर्दछ ।