– सुशिल नेपाल
पाल्पा, ८ जेठ । शुक्रबार पाल्पामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने रुखबाट लडेर एकको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डको दोभानमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
बुटवलबाट झुम्सातर्फ आउँदै गरेको बा १ क ९१०० नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक सुनवल २ नवलपरासिका २५ बर्षीय बिमल बुढाथोकी र सुनवल २ नवलपरासिकै सहचालक २३ बर्षीय देबेन्द्र गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते भएका उनीहरुको उपचारका अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अगाडिको टायर पञ्चर भएर ट्रिपर दुर्घटना भएको जनाइएको छ । दुर्घटनाग्रस्त ट्रिपर सडकबाट २ सय मिटर तल खसेको छ ।
त्यस्तै घाँस काटने क्रममा रुखबाट लडेर एकको मृत्यु भएको छ । रुखबाट लडेर घाईते भएका फोक्सङकोट २ का शेरबहादुर गाहाको मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया