३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितको दुःख बिर्साउन ‘सेभ नेपाल’ म्युजिक भिडियो (हेर्नुस भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Save-nepal

काठमाडौं । गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्पले तहस नहस पारेको अवस्थामा नेपाली जनताको हौसला र आत्मविश्वास बढाउन अस्ट्रेलियामा रहेका नेपाली युवाले म्युजिक भिडियो निकालेका छन् ।

मेलबर्नमा सिनेकर्मी निर्देशक जीवन रसाइलीको अगुवाईमा ‘सेभ नेपाल’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।

यसअघि अडियो मात्र निकालिएको उक्त गीतमा टंक बुढाथोकी र अनु ढकालको स्वर सुन्न सकिन्छ । टंक स्वयंको शब्द अनि संगीतमा बनेको उक्त गीतको भिडियोलाइ जीवन आफैले निर्देशन गरेका छन ।

अस्ट्रेलियाको मेलबोर्नमा रहेका नेपालीहरुको अभिनय फिचारिंगमा यो भिडियो तयार पारिएको हो । भिडियोमा नेपालका भूकम्प प्रभावित विभिन्न दृश्यहरु समेत देखाइएको छ ।

हाल चर्चित हुदै गएको उक्त भिडियो गीतमा सबैमा आपतको घडीमा डटेर सामना गर्न र नेपालको ईतिहास नबिर्शी एकजुट भई राष्ट्र निर्माणमा लाग्न आब्हान गरिएको छ ।