५ कार्तिक २०८३, बिहिबार

दाजुभाइबीच खुकुरी हानाहान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attack

महोत्तरी, ८ जेठ । रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी प्रहार हुँदा महोत्तरीको गौशालामा दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान गौशाला नगरपालिका–६ विर्तामा दाजुभाइबीचको विवादित जग्गामा रहेको मसलाको रुख काट्ने विषयमा झडप हुँदा ३५ वर्षीय रमेशकुमार साह र ३२ वर्षीय मोहन साह घाइते भएको हो ।

टाउकोमा गम्भीर चोट लागेको रमेशको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

यता समान्य घाइते भएका मोहनको गौशालास्थित नविन जनसेवा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस