मुम्बई । बलिउड बादशाह शाहरुख खानको अप्रेशन सफल भएको छ । शुक्रबार शाहरुखले बायाँ हातको कुईनाको र्थोस्कोपिक सर्जरी सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अब उनले ४ दिनसम्म आराम गर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् । शाहरुखको सर्जरी मुम्बईको ब्रीच कैंडी अस्पताल भएको हो ।
४९ वर्षीय अभिनेताको बायाँ हातको कुईनाको अप्रेशन गरेका डाक्टर संजय देसाईले शाहरुखको कुईनामा धेरै समयदेखि घाउ भएकाले दुख्दै आएको थियो । केही महिनादेखि उनलाई बायाँ हातको कुईनामा सूजन पनि रहेको बताए ।
शाहरुखको अप्रेशन सफल भएको बताउँदै डाक्टर सञ्जयले अब उनले हलुका महसुस गरिरहेको बताए । एजेन्सी















प्रतिक्रिया