पथरी (मोरङ), ८ जेठ । बजार मूल्यभन्दा बढी मुनाफा राखी त्रिपाल बेच्ने दुई व्यापारीलाई मोरङ प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा प्रणम इन्टर प्राइजेजका जितेन्द्र सेठिया र अम्बिका बस्त्रालयका प्रदीप अग्रवाल रहेका छन् ।
बजार अनुगमनका क्रममा बजार मूल्यभन्दा २५ देखि ७८ प्रतिशत मुनाफा राखी पाल बेचेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया