भक्तपुर, ८ जेठ । विनाशकारी भूकम्पका कारण शिक्षकमा परेको तनाब र मानसिक असरलाई कम गर्न मनोपरामर्श दिइएको छ ।
बिहीबार भक्तपुरमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले आयोजना गरेको विनाशकारी भूकम्प र मनोस्वास्थ्य शिक्षकका लागि भूकम्पको तनाब र मानसिक असरसम्बन्धी मनोपरामर्श दिएको हो ।
भूकम्प र लगातारको पराकम्पनले शिक्षक र विद्यार्थीमा परेको मानसिक तनाबलाई व्यवस्थापन गर्न भक्तपुरका २३ विद्यालयका ९३ जना प्रधानाध्यापक र शिक्षकलाई मनोपरामर्श दिइएको इसानका पूर्वअध्यक्ष एवम् सल्लाहकार सरोजराज गोसाईले बताउनुभयो ।
मानसिक रोगलाई निराकरण गर्दै आउँदा दिनमा निर्धक्क भएर बालबालिकालाई पढ्नका लागि तयार पार्न सक्ने बनाउन कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्राध्यापक डा धनरत्न शाक्यले भूकम्पले मानसिक रोगको समस्या बढेको र मानिसलाई डर, त्रास भएकाले समय मै परामर्श दिएर सबैलाई पुरानै अवस्थामा ल्याउनु जरुरी छ भन्नुभयो ।
मनोरोगको पहिचान, यसको लक्षण, स्वास्थ्य अवस्था कमजोर बन्न नदिने उपायका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा सहभागीले विद्यालय सञ्चालन भएलगत्तै विद्यार्थीलाई परामर्श दिएर पठनपाठन सञ्चालन गरिनेछ ।















प्रतिक्रिया