रामेछाप, ७ जेठ । राजधानीमा भक्तपुर बनाउने अभियान सुरु गरेका उद्योगमन्त्री महेश बस्नेतले रामेछापका जनतासँग सरकारबाट कमीकमजोरी भएको भन्दै माफी मागेका छन् ।
भूकम्पले निम्त्याएको विपत्तिमा जनताको राहतका लागि सरकारले आवश्यक तयारी नगरेको भन्दै यो गल्तीमा कान समातेर उठबस गर्न आफूहरु तयार रहेको बताएका हुन् ।
विहीबार भूकम्पपछिको अवस्था बुझ्न रामेछाप र सिन्धुली पुगेका मन्त्री बस्नेतले भूकम्पको उच्च जोखिममा रहेको नेपालमा ठूलो क्षति हुने थाहा भएपनि राज्यले तयारी गर्न नसकेको स्वीकार गरे ।
अहिलेको शोकलाई शक्तिमा बदल्नुपर्नेमा मन्त्री बस्नेतले जनतालाई सुझाव दिएका थिए । सबै पीडितको हातमा राहत पुर्याउन सरकार लागिरहेको बताउँदै अधिकांश कच्ची घरलाई पूर्ण क्षतिको सूचीमा राखेर केन्द्रमा सिफारिस गर्न जिल्ला संयन्त्रलाई निर्देशन समेत दिए ।
















प्रतिक्रिया