काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिका–१७ डल्लु डेरा गरी बस्ने नुवाकोट दुइपिपल–१ की २८ वर्षीया सविना श्रेष्ठको अन्दाजी १.५ तोलाको सुनको सिक्री र आधा तोलाको सुनको रिङ लुटपाट भएको छ ।
रक्तकाली नरदेवी हुँदै पैदलै डल्लु जाने क्रममा बिहिबार रक्तकाली गल्लीमा एकजना अपरिचित पुरुषले घाँटीमा लगाइराखेका ती सुनका गहना लुटी फरार भएको थियो ।
सो घटनाको खवर प्राप्त हुनासाथ खटिएको महानगरीय प्रहरी बृत्त जनसेवाको प्रहरी टोलीले काभ्रे घर बताउने १८ वर्षीय विकाश शाहलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया