– विवेक विश्वकर्मा
लुम्बिनी ७ जेठ । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको विकासका लागि खोलिएको संस्था लुम्बिनी विकास कोषको उपाध्यक्षमा भिक्षु निग्रिरोध चयन भएका छन् ।
लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा वैशाख १७ गते बेसेको मन्त्रिपरिषदको बैठकले भिक्षु निग्रिरोधलाई नियुक्त गर्ने निर्णय गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वजराईले बताए ।
पूर्वनिर्णय बमोजिम निग्रोधलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति मन्त्री दिपकचन्द्र अमात्यले दुई वर्ष कार्यकालको लागि नियुक्तिपत्र दिएपछि गत सोमबारदेखि उनले कार्यालयको कार्यभार सम्हालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
काठमाडौंको पाटन निवासी भिक्षु निग्रोधले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र विषयमा स्ताकोत्तर गरेका छन् । करिब २५ वर्ष देखि भिक्षु जीवन व्यतित गर्दै आएका उनले विश्व शान्ति बुद्धिस्ट विद्यायलका प्राचार्य, सुखी होटु नेपालका सभापति, संघका अध्यक्ष, थेरावादा बुद्धिस्ट एसोसियसनका सह–सचिव, गुम्बा विहार व्यवस्थापन समितिका कार्यकारी सदस्य पदमा समेत जिम्मेवारी सम्हालसकेका छन् ।
विभिन्न संस्थामा सफल नेतृत्व लिएका उनको लामो अनुभवले लुम्बिनी विकास कोषको निर्माण कार्यमा तिव्रता आउने लुम्बिनीवासीले विश्वास गरेका छन् । स्थानीय बौद्ध समाजका अध्यक्ष भिक्षु विवेकानन्दले उपाध्यक्ष निग्रोधको लुम्बिनी आगमनलाई स्वागत गर्दै सफल कार्यकालको कामना समेत गरेका छन् ।
यसअघि कोषका पूर्व उपाध्यक्ष भिक्षु कर्मा साङवो शेर्पाले माघ ५ गते आन्तरिक कारण देखाई दुई वर्ष कार्यवधि वाँकी छदैं राजिनामा दिएपछि उपाध्यक्ष पद रिक्त रहदै आएको थियो ।
















प्रतिक्रिया