५ कार्तिक २०८३, बिहिबार

सिके राउतको चेतावनीः पहाडी बस्ती मधेशमा सारे गृहयुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sike-raut

काठमाडौं, ७ जेठ । मधेशलाई छुट्टै राज्य बनाउनुपर्छ भन्दै आएका डा. सिके राउतले ट्वीटरमा गृहयुद्धको चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत पहाडी बस्तीलाई तराईमा सारे गृहगुद्ध हुने बताएका छन् । बिनासकारी भूकम्प पीडितलाई अस्थाई रुपमा तराईमा सार्नेबारे सरकारमा बहस भईरहेको बेला राउतले यस्तो ट्वीट गरेका हुन् ।

यस अघि नेपाल सद्भावना पार्टीकी अध्यक्ष तथा पूर्व मन्त्री सरिता गिरीले पनि पहाडी भेगका भूकम्प पीडितलाई तराईमा सार्नेबारे ट्वीटर मार्फत नै बिरोध जनाएकी थिइन् । उनीहरुको यस्तो ट्वीटप्रति चर्को आलोचना र विरोध भईरहेको छ ।

प्रहरी र जनता लडेको फोटो पोस्ट गर्दै राउतले नेपालको बसाई सराई रोक्न भनेका छन् । उनको यस्तो ट्वीटप्रति उनकै वालमा थुप्रै आलोचना र विरोध भएका छन् । जसमा अधिकांशले अपाच्य शव्द प्रयोग गरी राउतलाइ गालि गरेका छन् । कतिले उनको बिरुद्ध ट्वीटर क्याम्पेननै चलाएका छन् ।

मधेस तेरो बाउको अंश हो ?

sike-raut1
सिके राउतको ट्वीटप्रति नेपालीले चर्को आलोचना र गालि दिएका छन् । अधिकांशले राउतलाई फँसी दिन र छिटो देश निकाला गर्न सरकारसँग माग गरेका छन् । राउतको ट्वीटमा एकजनाले भनेका छन्, ‘हाम्रा हजुरबुवा सहित हाम्रो परिवार तराईमा बसेको आधा शताव्दी भयो । हिम्मत भए आउ लड्न मोरङतिर । ठेगाना र घर नम्बर चाहिए डिएम गरिदिउला ।’ राउतले नेपालीहरुबीचको सम्बन्ध र आत्मीएतामा खलबल ल्याउने खालको थुप्रै प्रतिक्रिया दिदै आएका छन् ।