५ कार्तिक २०८३, बिहिबार

छोरीलाई दाइजोमा लालपूर्जा दिइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

daijo_

गौशाला, ७ जेठ । महोत्तरीको बर्दिवासमा एकजनाले आफ्नी छोरीको विवाहमा दाइजोमा लालपुर्जा दिएका छन् ।

बर्दिवास– १ बस्ने सत्यनारायण महतोले छोरी कल्याणी कुमारी महतोलाई विवाहमा दाइजोस्वरुप लालपुर्जा दिएको बताउनुभयो ।
सिरहा जिल्लाको मिर्चैया बस्ने रामचन्द्र महतोका छोरा अनिल महतोसँग छोरी कल्याणीको विवाह भएको हो ।

दुलहाका बुबा रामचन्द्रले आफू तराई मधेसमा जस्तो दाइजो नलिएको र सम्धीले आफैँ छोरासरह छोरीलाई पनि अंश भनेर दाइजोमा लालपुर्जा दिएको बताउनुभयो ।रासस