काठमाडौं, ७ जेठ । प्रधानमन्त्री सुशील कोईरालाको गृह जिल्ला बाँकेलाई लामो समयदेखि कार्यथलो बनाएका पत्रकार राजेन्द्र नाथले ‘म्यारिज एनिभर्सरी’को पैसा भूकम्प पीडितलाई सहयोग गरेका छन् ।
बुधबार सातौ विवाह उत्सव ‘म्यारिज एनिभर्सरी’ मनाउन नेपालगञ्जबाट गृहजिल्ला कञ्चनपुर आएका उनले सो रकम प्रधानमन्त्री राहात उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन ।
कान्तिपुर दैनिकमा लामो समयदेखि आवद्ध उनले आफ्नो सातौ एनिभर्सरीलाई मध्यनजर गर्दै ७ हजार ७ सय ७७ रुपैयाँ मूलधार न्युजमार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्धार राहत कोषमा जम्मा गर्ने घोषणा महेन्द्रनगरमा गरेका हुन् ।
रकम सानो भएपनि मन ठूलो बनाएर सबै क्षेत्रबाट फजूल खर्च नगरेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न पनि आग्रह गरे ।
















प्रतिक्रिया