
लम्की, ७ जेठ । कैलालीको कोटातुल्सीपुर–२ स्थित काँडा नदीमा डुबेर एक बालकको मृत्युभएको छ ।
बुधबार साँझ काँडा नदीमा पौडी खेल्नेक्रममा कोटातुल्सीपुर–६ का १० वर्षीय दिनेश डगौराको डुबेर मृत्युभएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
बालक कोटातुल्सीपुर उच्चमाध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् । रासस















प्रतिक्रिया