५ कार्तिक २०८३, बिहिबार

गोरखा कारागारका बन्दी भय र त्रासको वातावरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ जेठ । वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखा कारागारको भवन र पर्खाल ठाउँ ठाउँमा चर्केको छ ।

बारम्बार भूकम्पका पराकम्पन आइरहने र ती कम्पनका केन्द्रबिन्दु दोलखा र गोरखा हुँदा त्यहाँ रहेका बन्दीमा भय र त्रासको वातावरण पैदा भएको कारागारका जेलर मोहनबहादुर थापाले बताउनुभयो ।

प्राविधिकले जाँच गर्दा आत्तिनुपर्ने अवस्था नभएको बताए पनि बन्दीहरु ढुक्क हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

जम्मा ५५ जनाको क्षमताको सो कारागारमा १५ महिला र १०० पुरुषले बन्दी जीवन बिताइरहेका छन् ।