५ कार्तिक २०८३, बिहिबार

एमाले केन्द्रीय नेतालाई जिल्लामा खटाइयो, कुन जिल्लामा, कुन नेता ? (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building

काठमाडौंँ, ६ जेठ । नेकपा (एमाले) ले भूकम्प प्रभावित जिल्लामा सञ्चालन गरिने राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका लागि अध्यक्ष केपी शर्मा ओलीलगायत नेतालाई जिल्लागत जिम्मेवारी तोकेको छ ।

अभियानको सचिवालय समितिको बुधबारको बैठकले अध्यक्ष ओलीलाई काठमाडौं, बरिष्ठ नेता झलनाथ खनाललाई भक्तपुर, नेता माधवकुमार नेपालाई सिन्धुपाल्चोक जिल्लाको जिम्मेवारी तोकेको छ ।

यस्तै उपाध्यक्षहरु विद्यादेवी भण्डारी – काभ्रेपलाञ्चोक, युवराज ज्ञवाली – नुवाकोट, अष्टलक्ष्मी शाक्य – धादिङ, भीमबहादुर रावल – रसुवा, महासचिव ईश्वर पोखरेल – दोलखा, उपमहासचिव विष्णु पौडेल – ललितपुर, घनश्याम भुसाल – रामेछाप, सचिवहरु प्रदीप ज्ञवाली – गोरखा, पृथ्वीसुब्बा गुरुङ – सोलुखुम्बु, भीम आचार्य – लमजुङ, योगेश भट्टराई – काठमाडौं, नेता मुकुन्द न्यौपाने – सिन्धुली, शंकर पोखरेल – सिन्धुपाल्चोक, सुरेन्द्र पाण्डे – मकवानपुर, छविलाल विश्वकर्मा – चितवन, किरण गुरुङ – दोलखा, सत्यनारायण मण्डल – धादिङ, अमृतकुमार बोहरा – सिन्धुपाल्चोक, सोमनाथ प्यासी – ओखलढुङ्गा, डा. पुष्प कँडेल – धादिङ तोकिनुभएको छ ।

एमालेको यही जेठ ३ गतेको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा ७५ सदस्यीय परिचालन समिति गठन गरेकामा बुधबारको सचिवालय बैठकले त्यसलाई थप गरी १७५ सदस्यीय बनाइएको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । रासस