पथरी (मोरङ), ६ जेठ । धर्मपुत्री बलात्कार गरेको आरोप लागेका गोपाल शर्मालाई जिल्ला अदालत मोरङले आज आठ वर्ष छ महिनाको जेल सजाय सुनाएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश शेखरप्रसाद पौडेलको एकल इजलाशले शर्मालाई आठ वर्ष छ महिना कैद र रु ७५ हजार क्षतिपूर्ति भर्ने ठहर गरेको हो ।
२०७१ असोज १ गते जिल्ला अदालत मोरङमा शर्माकी १५ वर्षीया धर्मपुत्रीले जाहेरी गरेको आधारमा मुद्दा दर्ता भएको थियो । २०७१ भदौ १५ र १९ गते धर्म पुत्रीमाथि बलात्कार भएको भन्दै घटना बाहिर आएको थियो ।
रामेछाप जिल्लामा पुनकुमारी घिमिरेको कोखबाट जन्मिएकी बालिकालाई चार वर्षकै उमेरमा आमा गुमाएपछि गोपाल शर्माले धर्मपुत्रीको रुपमा पालनपोषण गर्दै आएका थिए ।
शर्माले लामो समयसम्म यौन सम्बन्ध राखेको जाहेरीमा उल्लेख भएको अदालतले जनाएको छ । रासस
















प्रतिक्रिया