३० आश्विन २०८३, शुक्रबार

राजेश हमालले किन गरे सरकारको अविश्वास ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh-hamal1

– विश्वास खड्काथोकी

काठमाडौं, ६ जेठ । महानायक राजेश हमालले सरकारमा रहने व्यक्तिहरुको मुहार विश्वासलाग्दो नभएको भन्दै आलोचना गरेका छन् ।

बुधबार राजधानीको एक सार्वजनिक कार्यक्रममा बोल्दै महानायक हमालले सरकारको मुहार विश्वासिलो नभएका कारण भूकम्प पीडितलाई राहत दिन चाहेकाहरुले पनि सरकारलाई दिन नसकेको गुनासो गरेका हुन् ।

‘राहतको लागि दिएको रकम धेरै गह्रुंगो हुन्छ, मानिसहरुले आफूले दिएको रकम सदुपयोग भएको हेर्न चाहन्छन्,’ महानायक हमालले भने, ‘तर सिधै सरकारलाई पैसा दियो भने सदुपयोग हुन्छ नै भन्नेमा उनीहरु सन्तुष्ट छैनन् ।’

उनले एनजिओहरुको रकममा पनि अधिक चुहावट हुने बताए । हमालले भने, ‘कतिपय मानिसहरुले एनजिओ, आइएनजिओहरुबाट सहयोग गरिरहेका छन् । तर त्यहाँ पनि आधा रकम चुहावट हुन्छ ।’

उनले सरकारलाई बलियो र पारदर्शी बनाएर लैजानुको बिकल्प नभएको पनि स्पष्ट पारे । ‘वातावरण जे जस्तो भए पनि हामीहरु सरकारलाई बलियो बनाउनुतर्फ लाग्नुपर्छ’, हमालले भने, ‘यदि सरकारलाई बलियो बनाउन सकियो भने त्योभन्दा राम्रो र प्रभावकारी अरु कुनै कुरा हुन सक्दैन ।’ सरकारले बलियो ढंगले काम गर्न सक्यो भने आफूहरुलाई गर्वको अनुभूति हुने पनि उनले बताए । अहिलेको राहत रकम ‘बेनिफिट अफ डाउट’को रुपमा सरकारमै पठाउनु पर्ने उनको भनाइ छ ।