– अनिल खत्री
गुल्मी ६ जेठ । विनाशकारी महाभूकम्पबाट पीडितहरुलाई सहयोग गर्न लोक तथा दोहोरी गायिका मञ्जु पौडेलले राहत संकलन अभियान सुरु गरेकइी छिन् ।
कार्यक्रमको सिलसिलाका अष्ट्रेलिया पुगेकी गायिका पौडेलले भूकम्प पीडितको सहयोगार्थ रकम संकलन सुरु गरेको बताईन् । यहि महिनाको मे २३ तारिक अरेन्जमा हुने नेपाल अर्थ रिलिफ कार्यक्रमबाट संकलित रकम वल्र्ड भिजन मार्फत नेपालका भूकम्प पीडितलाई दिन लागिएको कार्यक्रम आयोजक संस्थाका सदस्य डेनियन कुवँरले बताए ।
शनिवार सञ्चालन हुने कार्यक्रममा अष्ट्रेलियामा नेपाली दाजूभाईलाई कार्यक्रममा सहभागिताको लागि गायिका पौडेलले आग्रह समेत गरेकी छिन् । नेपालमा भूकम्पले निम्त्याएको महाबिपत्तिमा सबै नेपालीहरुले सहयोग गरि रहेको र अन्य दाजूहरुले पनि आफूले सक्दो सहयोग गर्न उनले आग्रह गरिन् । नेपालमा भूकम्पले पुर्याएको बिनाशबाट निकै दुखित बनाएको बताईन् ।
















प्रतिक्रिया