– सुशिल नेपाल
पाल्पा ६, जेठ । पाल्पामा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । पूर्वी पाल्पाको रामपुर नगरपालिका १५ की शान्ति विकको कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
त्यस्तै एक जना भने बेपत्ता भएकी छिन् । रामपुर नगरपालिका ९ कि रविना चौवे बेपत्ता भएको प्रहरीले जनाएको छ । विक अपरान्ह ४.१५ बजे मृत फेला परेकी थिइन । अर्की बेपत्ता महिलाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया