५ कार्तिक २०८३, बिहिबार

तनहुँमा चट्याङबाट देवर भाउजुको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyanga

तनहुँ, ६ जेठ । तनहुँमा गएराति भएका विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु भएको छ । चट्याङबाट जिल्लाको कोटदरबार गाविस–६ काम्छे बस्ने वर्ष ३७ का हस्तबहादुर थापा र ४१ वर्षीय झरीमाया थापाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा देवर-भाउजु रहेका छन् । त्यसैगरी, गएराति मुग्लिनबाट आँबुखैरेनी बजारतर्फ आउँदै गरेको ना १८ प २९५५ नम्बरको मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाविस–८ बेनीटार बस्ने वर्ष १५ का गणेश थापा र सोही वडा निवासी वर्ष १६ का भक्तबहादुर थापाको मृत्यु भएको हो । सोही वडा निवासी वर्ष २२ का मनोज गुरुङ भने घाइते भएका छन् । पृथ्वीराजमार्गमा गुडिरहेको अवस्थामा माथिबाट पहिरो झर्न जाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।