३० आश्विन २०८३, शुक्रबार

गुल्मी प्राण भन्दा प्यारो लाग्छ गायक चन्द्रलार्ई(भिडियो सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchanda-chand-1

– अनिल खत्री
गुल्मी । गुल्मी जिल्लाको पर्यटकीय महत्व बोकेका स्थानको नामलाई समेटेरा लोक गीतको म्युजिक भिडियो तयार भएको छ ।

केहि महिना पहिले बजारमा आएको प्राण भन्दा प्यारो गुल्मी भन्ने नामले जिल्लाका ऐतिहासिक पर्यटकीय महत्व बोकेको गीतको भिडियो समेत तयार पारेको लोक गायक तथा उक्त गीतका निर्माता रामचन्द्र चन्दले बताए ।

गुल्मी जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा आफनो नाम उच्च राख्न सफल गायक रामचन्द्र चन्दले जिल्लाका बिभिन्न स्थानमा पर्ने पर्यटकीय महत्व बोकेका स्थानको बारेमा गाएको गीतको म्युजिक भिडियो गीतमा उल्लेख भएका धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थानमै पुगेर भिडियो तयार पारिएको उनले बताए ।

ramchanda-chand

गुल्मी जिल्लामा रहेका बिभिन्न पर्यटकिय महत्व बोकेका स्थानको बारेमा जानकारी गराउँदै गीत मार्फत गुल्मी जिल्लाका विभिन्न धार्मिक ऐतिहासिक महत्वको बारेमा जानकारी गराउने र जिल्लामा पर्यटक भित्र्याउने उद्देश्यले उक्त गीत तथा म्युजिक भिडियो बजारमा ल्याएको गायक चन्दले बताए ।

लोकगीतको माध्यमबाट आफनो नाम परिचित बनाउन सफल गायक चन्दले बजारमा ल्याएका उनका सबै एल्वम दर्शक श्रोताले मन पराएका छन् । कुनै गीत समाजिक सन्देश बोकेका गीत रहेका छन भने कुनै माया प्रेममा आधारित गीत उनको आवाजमा बजारमा आएका छन् ।

गुल्मी जिल्लाका हाल ७५ गाविस र १ नगरपालिका रहेका स्थानमा पर्ने पर्यटकीय महत्व बोकेको स्थानको बारेमा गीत तथा भिडियोमा समावेश गरिएको चन्दले बताए । गुल्मी जिल्लाको पर्यटकीय महत्व बोकेको उक्त गीतको भिडियो निर्माण गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यावाद दिए ।

गुल्मी जिल्लाका बिभिन्न स्थानमा पर्ने पर्यटकीय महत्व बोकेको उक्त गीतमा गुल्मेली गीतकार तथा गायक बावुराम पन्थी, रामचन्द्र चन्द, पुर्णकला बिसी, लगायतको आवाज रहेको छ । गुल्मेली गायक बाबुराम पन्थीले रचना गरेको उक्त लोकगीत शैली डिजिटल प्रालि काठमाडौले बजारमा ल्याएको हो । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थानलाई समेटेर तयार पारिएका यस्ता गीतले जिल्लाको पर्यटन व्यवसायलाई निकै ठूलो टेवा पुग्ने तम्घासका एक व्यबसायी काशीराम पाण्डेयले बताए ।

https://www.youtube.com/watch?v=-iudVV2yLyo