५ कार्तिक २०८३, बिहिबार

दोलखामा भूकम्पको अर्काे झड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa

काठमाडौं, ६ जेठ । गत वैशाख १२ गतेपछि निरन्तर भूकम्प आउने क्रम जारी रहेका बेला दोलखामा अर्काे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्रविन्दु बनाएर बुधबार ११ बजेर १० मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।

गत वैशाख २९ गते मंगलबारको भूकम्पपछि दोलखामा भूकम्प आउने क्रम निरन्तर जारी छ । दोलखामा दिनदिनै भूकम्प कम्पन हुने गरेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कम्पन भएपछि दोलखाका स्थानीयहरु झन त्रसित बनेका छन् । बुधबारको यो पहिलो भूकम्प हो । मंगलबार ३ वटा भूकम्प कम्पन भएका थिए ।