मुम्बई । विश्वमै चर्चित फेस्टिभल कान्स इन्टरनेशनल फिल्म फेस्टिभलमा भारतकी एक मोडलले नाङ्गै अन्तरवार्ता दिने घोषणा गरेकी छिन् ।
विश्वभरका चर्चित अभिनेता/अभिनेत्रीको जमघट हुने फेस्टिबलमा भारतीय मोडल सोफिया हयातले नाङ्गै अन्तरवार्ता दिन लागेकी सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएकी छिन् ।
फ्रान्सको कान्समा आयोजना हुने २०१५ संस्करणमा मोडल सोफिया पनि सहभागी हुँदैछिन् ।
यसअघि टिभी रियालिटी सो बीग बोसमा विवादस्पद छबि बनाएकी सोफियाले यस वर्षको कान्समा आफू नाङ्गै अन्तर्वार्ता दिने बताएकी हुन् । ट्विट उनले भनेकी छिन्–‘उक्त अन्तर्वार्ता दस मिनेटको हुने छ ।’

















प्रतिक्रिया