३१ आश्विन २०८३, शनिबार

भूकम्प पीडितलाई जापानको एक करोड ४० लाख डलर सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-Nepal

काठमाडौँ, ५ जेठ । जापानले नेपालका भूकम्पपीडितका लागि आफ्नो घोषित सहायताअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम(डब्ल्युएफपी) लाई ३० लाख अमेरिकी डलर हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले यहाँस्थित डब्ल्युएफपीका आपत्कालीन संयोजक रिचर्ड रागनलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
यसअघि जापानले एक करोड ४० लाख अमेरिकी डलरको सहायता ‘प्याकेज’ घोषणा गरेको थियो ।

त्यस अवसरमा राजदूत ओगावाले भूकम्पबाट अतिप्रभावित जनतालाई सहायतास्वरुप आफ्नो मुलुकको सरकारले सहयोग गरेको बताउँदै वषायाम प्रारम्भ हुनुअगावै जापनी सहयोग पीडितसमक्ष पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संयोजक रिचर्डले प्राप्त रकम खाद्य सामग्री खरिदमा उपयोग हुने र र राष्ट्रसङ्घीय प्रणालीअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पीडितसम्म पु¥याइने बताउनुभयो । रासस